FAQs Complain Problems

सप्तकोशी नगरपालिकाको भगवती मन्दिर, सप्तरी

Read More

त्रियुगा नदि

Read More

जैविक महत्वको कमल दह सनपा ११

Read More

संक्षिप्त परिचय

संघिय संरचना पश्चात नेपालको प्रदेश नं. २ को सप्तरी जिल्ला स्थित यो सप्तकोशी नगरपालिका साविकका गा.वि.स. हरु फत्तेपुर,ओद्राहा, र कमलपुर मिलाई २०७१/०८/१६ का दिन घोषणा भएको हो | नेपालको पवित्र एवं सवैभन्दा ठुलो नदीको रुपमा चिनिने सप्तकोशी नदीको नामबाट नामाकरण गरिएको यो नगरपालिका प्राकृतिक स्रोत र साधनले सम्पन्न, ऐतिहासिक तथा पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ | कुल ६०.२ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा ११ वटा वडा रहेका छन् जसमा विभिन्न जातजाती, भाषाभाषी तथा संस्कृति र परम्पराले भरिपुर्ण करिब २७,००० जनसंख्याको बसोबास रहेको छ | यस नगरपालिकाको पूर्वमा सप्तकोशी नदि तथा कोशी टाप्पू वन्यजन्तु आरक्ष पश्चिममा चुरे पहाड,उत्तरमा त्रियुगा नदि तथा बेलका नगरपालिका, दक्षिणमा कन्चनरुप नगरपालिका बीच अवस्थित रहेको छ | यस सप्तकोशी नगरपालिकाको फत्तेपुर बजारको शिरोभागमा ऐतिहासिक चन्द्रनहरको सि‌चाई प्रणालीमा त्रियुगा नदीको मुलधार प्रवाहित भइ बगिरहेको परिवेश अवस्थित छ | साथै याे नगरपालिका पुर्व,पश्चिम हाइवेको कन्चनपुर देखि १२ कि.मि. उत्तरमा अवस्थित छ | नेपालको प्रथम चन्द्रनहर, पौराणिक कोशी मेला, कमल दह पर्यटकीय स्थल सिमसार क्षेत्र तथा अर्नाको लागि होटेल पर्यटन हाति सवारकाे सम्भावना भएको पूर्वको सौराहाको रुपमा लिईने प्रसिद्ध कोशी टप्पु बन्यजन्तु आरक्ष, तुलसी चौक पिकनिक स्पोर्ट र चुरेक्षेत्रको घना जंगल तथा मनोरम ठुम्काहरुले यस नगरपालिकामा पर्यटन पर्यावरणको प्रचुर सम्भावना बोकेको देखिन्छ |

सूचना तथा समाचार

जनप्रतिनिधि

कृष्ण प्रसाद ढकाल
नगर प्रमुख
9852860001
रिता कुमारी चौधरी
नगर उप-प्रमुख
९८५२८६०००२

कर्मचारी

रामदेव चौधरी
उप सचिव, प्रमुख प्रशासकिय अधिकृत
saptakoshimun@gmail.com
9852845111
शैलेश कुमार गुप्ता
सूचना प्रविधि अधिकृत
ito.saptakoshi.mun@gmail.com

सेवाहरू

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १० देखि १५ मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालयहरु
सेवा शुल्कः- ३५ दिन भित्र दर्ता हुन् आएमा नि:शुल्क, सो पछी दर्ता हुन् आएमा रु.८,सो पछी रु.५०
आवश्यक कागजातहरुः-

विवाहित दम्पतीकाे नागरिकताकाे प्रतिलिपी, फाेटाे

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १० देखि १५ मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालयहरु
सेवा शुल्कः- ३५ दिनभित्र गराएमा नि-शुल्क, सो पछी ३५ दिन भित्र दर्ता हुनेमा रु ८, सो दिनपछि रु ५०
आवश्यक कागजातहरुः-

आमा र बुवाको नागरिकता

जानकारी